Kathmandu Press

सुनको मूल्य दुई हजार रुपैयाँ बढ्यो 

मंगलबार प्रतितोला २१ सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार दुई हजार रुपैयाँले बढेको छ।
सुनको मूल्य दुई हजार रुपैयाँ बढ्यो 

काठमाडौं, मंसिर २६ : लागतार दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य ठूलो मात्रमा बढेको छ। 

मंगलबार प्रतितोला २१ सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार दुई हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। 

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्