Kathmandu Press

बयान सकेर रविलाई सिमरा लगियो

जहाजमार्फत काठमाडौं हुँदै पोखरा लैजानका लागि रविलाई बिहानै वीरगञ्जबाट सिमरा ल्याइएको हो। 
बयान सकेर रविलाई सिमरा लगियो
फाइल तस्बिर।

पर्सा, मंसिर २६ : पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सिमरा लगिएको छ। 

जहाजमार्फत काठमाडौं हुँदै पोखरा लैजानका लागि रविलाई बिहानै वीरगञ्जबाट सिमरा ल्याइएको हो। 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीका हिरासतमा रहेका रविलाई बयानका लागि सोमबार पोखराबाट काठमाडौं, सिमरा हुँदै वीरगञ्ज लगिएको थियो। 

उनीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो। 

प्रकाशित मिति: ११:०० बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्