Kathmandu Press

पार्टी फुटाउने षडयन्त्र, देश र जनताको हितविरुद्ध: यादव

काठमाडौं, वैशाख ९ : सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई समाजवादी पार्टीले षडयन्त्र भनेको छ। यो देश र जनताको हितविरुद्ध भएको जनाएको छ।

....
पार्टी फुटाउने षडयन्त्र, देश र जनताको हितविरुद्ध: यादव

काठमाडौं, वैशाख ९ : सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई समाजवादी पार्टीले षडयन्त्र भनेको छ। यो देश र जनताको हितविरुद्ध भएको जनाएको छ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गरि मुलुक कोरोनाले आक्रान्त रहेको वेला सरकारले ल्याएका दुवै अध्यादेश गलत भएको जनाएका छन्। उनले भनेका छन, 'राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको हो । यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ।'

मुलुकलाई द्वन्द र अस्थिरतातर्फ धकेल्न खोजेको यादवको भनाइ छ। 'यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त – सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ,' यादवले भनेका छन्, 'उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनु पर्दछ।'

उनले यसलाई गैर लोकतान्त्रिक कदम पनि भनेका छन्। यसका विरुद्ध एकजुट हुन आग्रह गरेका छन्।

यादवले भनेका छन्, 'कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अनुरोध छ।' 

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्