Kathmandu Press

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, वैशाख ९ : पार्टी फुटाउन सजिलो बनाउने गरि सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

प्र....

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, वैशाख ९ : पार्टी फुटाउन सजिलो बनाउने गरि सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेससले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आज पार्टीको पदाधिकारीको बैठक बोलाएको जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका वेला सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकोप्रति कांग्रेसले गम्भीर असहमति प्रकट गरिसकेको छ। सरकारको उक्त कदमपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ।

सभापति देउवाले सोमबार नै एक वक्तव्यमार्फत विधेयक तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित हुन सरकारलाई अपिलसमेत गरेका थिए।

अन्य दलले पनि यसको विरोध गरेका छन्। नेकपामा पनि यस विषयलाई लिएर बिबाद बढेको छ। अन्य क्षेत्रबाट पनि यसको चर्को आलोचना भइरहेको छ।

 

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्