तस्बिरमा हेर्नुस् हुम्ला हिमपात
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ।
हुम्ला, मंसिर २४ : हुम्लामा यो वर्षको पहिलो हिमपात भएको छ। हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि निरन्तर हिमापात भएको हो।
सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ बताएको छ। यस्तै, उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा पनि बाक्लो हिमापात भएको छ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ।
हिमपात भएसँगै किसानहरू खुसी भएका छन्। हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने उनीहरुको विश्वास छ।
विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन्।
प्रकाशित मिति: १४:४० बजे, सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार