कांग्रेसले गण्डकी प्रदेशसभा सदस्यमा सुनिता थापालाई पठाउने
सोमबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त प्रदेशसभामासुनिता थापाको नाम अनुमोदन गरेको कांग्रेस प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए।
काठमाडौं, मंसिर २४ : रिक्त रहेको गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले सुनिता थापालाई पठाउने भएको छ।
सोमबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त प्रदेशसभामासुनिता थापाको नाम अनुमोदन गरेको कांग्रेस प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेस सांसद विमला गौचनको मृत्यु उक्त पद रिक्त थियो। स्याङ्जाकी थापालाई कांग्रसको समानुपातिक बन्दसूचीमा स्वा.गौचनभन्दा पछि थिइन्।
‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामहिक निधन भयो। त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकलाई अनुमोदन गरेको छ,’ उनले भने।
प्रकाशित मिति: १२:४७ बजे, सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार