उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द
भोजपुर, वैशाख ९ : छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ....

भोजपुर, वैशाख ९ : छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ। उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ।
संघको घोडेटार शाखा र शाखाअन्तर्गत बनेको बजार व्यवस्थापन तथा अनुगमन समितिले यही वैशाख १५ गतेसम्म लागू हुने गरी घोडेटार बजार क्षेत्रभित्रका सम्पूर्ण पसल, होटल तथा अन्य व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको संघका घोडेटार शाखाका कार्यवाहक अध्यक्ष भीमबहादुर प्रधानले जानकारी दिए।
कार्यान्वयन तथा अनुगमनको जिम्मा इलाका प्रहरी कार्यालय घोडेटारलाई दिइएको संघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। दैनिक उपभोग्य सामग्रीको मात्र आयात गरी स्थानीय सरकारको निर्देशन र सिफारिसअनुसार बिक्री वितरण हुने जनाइएको छ।











-1776239932.jpg)
