सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।
बैतडी, मंसिर २४ : वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ।
जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए। बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ। दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो।
प्रकाशित मिति: १२:०१ बजे, सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)






-1764760320.jpg)