कोरोनाका लागि डिएनएमा आधारित नयाँ खोपको अध्ययन सफलता नजिक भएको दाबी
काठमाडौं, वैशाख ९ : विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि डिएनएमा आधारित खोपको अध्ययन सफलता नजिक पुगेको जनाइएको छ। कोरो....

काठमाडौं, वैशाख ९ : विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि डिएनएमा आधारित खोपको अध्ययन सफलता नजिक पुगेको जनाइएको छ। कोरोना महामारीलाई ठीक गर्नका यो नै सबैभन्दा अनौठो र सहज खोप हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन्।
यो खोप नाकमा स्प्रेका माध्यमबाट दिइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। क्यानडाको वाटरलु विश्वविद्यालयका अनुसन्धानकर्ताले यो अनौठो खोपको खोज गरेका छन्। तर, यसलाई अन्तिमरुप भने दिइसकिएको छैन।
डिएनएमा आधारित खोपले शरीरमा पहिले नै रहेका व्याक्टेरियालाई रेप्लिकेट गर्छ। पुनः यसले कोरोनाविरुद्ध प्रतिरक्षा उत्पन्न गर्नका लागि नाक र मुखको भित्र रहेको स्वास नलिका टिस्युलाई लक्षित गर्छ।
यस्तो प्रक्रियालाई ब्याक्टेरियोफेज भनिन्छ। कोरोनाविरुद्ध प्रतिरक्षा उत्पन्न गर्नका लागि भ्याक्सिन लक्षित टिस्युमा भाइरस (भीआइपी) उत्पन्न गर्छ। जसले कोरोनाविरुद्ध मानिसको प्रतिरक्षा प्रणालीले देखाउने प्रतिक्रिया झैं काम गर्नेछ।
यसले कोरोना भाइरस संक्रमणका विरुद्ध शरीरको प्राकृतिक प्रतिक्रियालाई अझ सक्रिय बनाउँछ। भिएलपी एक उपचारका साथै खोप दुवैका रुपमा काम गर्न सक्षम हुने उक्त समाचारमा उल्लेख गरिएको छ।
प्रस्तावित खोप बनाउन अहिले तीन अलग–अलग टिमले काम गरिरहेका छन्। एक ब्याक्टेरियोफेज वितरण प्रणालीको डिजाइनको रुपमा काम गरिरहेको छ।
अर्को टिम नानो–मेडिकेसनको डिजाइनमा (जोकी नाक स्प्रेद्वारा दिइन्छ) र अर्को टिम प्रतिरक्षालाई बढाउन दिइने भिएलपीको निर्माण र शुद्धिकरणको काममा खटिएका छन्।
यद्यपी यो अनुसन्धानको अहिलेसम्म समीक्षा भएको छैन। समीक्षा पश्चात यो अनुसन्धान यो वर्षको अन्तिमसम्ममा परीक्षण हुन सक्ने बताइएको छ। अहिले विश्वभर करिब ७० खोप कोरोना भाइरसका लागि विकसित भइरहेका छन्। जसमध्ये तीन खोप मानवमा परीक्षण गर्ने चरणमा छन्।





-1792762148.jpeg)





