अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक
काठमाडौं, वैशाख ९ : अमेरिकन कच्चा तलेको मूल्यमा इतिहासमै पहिलो पटक शून्यभन्दा पनि तल झरेर ऋणात्मक भएको छ। फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा ....

काठमाडौं, वैशाख ९ : अमेरिकन कच्चा तलेको मूल्यमा इतिहासमै पहिलो पटक शून्यभन्दा पनि तल झरेर ऋणात्मक भएको छ। फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा कच्चा तेलको माग घटेको र भण्डारण क्षमता अपुग भएकाले तेलको मूल्यमा भारी गिराट आएको हो।
लकडाउनका कारण विश्वभरका मानिसहरु घरभित्र बसिरहेकाले तेलको माग घटेको हो। मूल्य ऋणात्मक हुनेगरी खट्नुले तेल उत्पादक देश खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् भन्ने बुझिन्छ । लामो समयसम्म तेल विक्रि भएन भने यसको भण्डारण मुख्य समस्या हुनेछ ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै तेलको मूल्य सही बाटोमा ल्याउने दाबी गरेका छन् । वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा तेलको मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ । सोमबार आएको यो गिरावटको असर विश्वभरका तेल बजारमा पनि परेको छ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।
यसै महिनाको सुरुवातमा ओपेक (तेल उत्पादक देशहरुको संगठन) सदस्य देशहरु र तिनका सहयोगीहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तेल उत्पादन यति धेरै घटाउने डिल पहिलो पटक भएको थियो ।तेलको सबैभन्दा बढी निर्यातक ओपेक र यसका सहयोगी जस्तै रुस, पहिले नै तेल उत्पादन घटाउन राजी भइसकेको थियो । अमेरिका र बाँकी देशमा पनि तेल उत्पादन घटाउने निर्णय गरिएको थियो । तर, तेल उत्पादन घटाएपछि पनि विश्वभर प्रयोगको आवश्यकताभन्दा बढी कच्चा तेल छ ।





-1792762148.jpeg)





