Kathmandu Press

कोरोनाबाट विश्वभर २४ लाख ७३ हजार संक्रमित, १ लाख ७० हजारको मृत्यु

काठमाडौं, वैशाख ९ : चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसका कारण अहिलेसम्म २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनु....

कोरोनाबाट विश्वभर २४ लाख ७३ हजार संक्रमित, १ लाख ७० हजारको मृत्यु

काठमाडौं, वैशाख ९ : चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसका कारण अहिलेसम्म २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या विश्वभरी १ लाख ७० हजार पुगेको छ। 

विश्वभरी सबैभन्दा बढि संक्रमित अमेरिकामा छन्। अमेरिकामा अहिलेसम्म ७ लाख ८६ हजार ६ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै संक्रमितहरुको दोस्रो स्थानमा स्पेन छ, त्यहाँ २ लाख २ सय १० जनामो कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै इटालीमा १ लाख ८१ हजार, २ सय २८, फ्रान्समा १ लाख ५६ हजार ४ सय ८०, बेलायतमा १ लाख २८ हजार ८ सय  ५६ जना संक्रमित भएका छन्। 

कोरोनाभाइरसबाट ६ लाख ४६ हजार मानिस निको भैसकेका छन् । 

प्रकाशित मिति: ०७:५२ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्