अनिष्टकारी अध्यादेश ल्याएको भन्दै नेकपा नेता रावलको आपत्ती
काठमाडौं, वैशाख ८ : सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशलाई नेकपा स्थायी कमिटि सदस्य भीम रावलले अनिष्टकारी भनेका छन्।
काठमाडौं, वैशाख ८ : सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशलाई नेकपा स्थायी कमिटि सदस्य भीम रावलले अनिष्टकारी भनेका छन्।
मन्त्रिपरिषदको सोमबारको बैठकले गरेको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि उनले ट्वीट गर्दै विरोध जनाएका हुन्।
‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले ट्वीटमा भनेका छन् ।
देश विषम स्थितिमा रहेको समयमा संविधानको मर्म विपरीत अध्यादेश किन ल्याइयो? pic.twitter.com/kkPJeN1t0r
— Bhim Rawal, Ph. D (@BhimRawal179) April 20, 2020





-1792762148.jpeg)





