पश्चिमाञ्चल अस्पतालमा स्वचालित सेनिटाइजर टनेल
कास्की, वैशाख ८ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ। प्र....

कास्की, वैशाख ८ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ। प्रोगेसिभ इञ्जिनीयर्स एशोसिएशन गण्डकीले उक्त टनेल निर्माण गरेको हो।
उक्त टनेलले पाँच सेकेण्डमा पूरा शरीर निःसंक्रमण गरिसक्ने छ। स्वचालित सेनिटाइजर टनेल बनाउँदा एक लाख ५० हजार रुपैयाँ खर्च भएको छ।
टनेलको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आज उद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई हस्तान्तरण गरेका थिए। उनले इञ्जिनीयरहरुले कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिएर जोखिम न्यूनीकरणको थालनी गर्नुपर्नेमा जोड दिए।
प्रतिष्ठाका उपकुलपति डा थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पुर्याउने बताए। एशोसिएशन गण्डकीका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले टनेलले पूरा शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरस मार्ने बताए।
इञ्जिनीयरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एशोसिएशनका सचिव सुरेश तिमिल्सेनाले बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


