विपक्षी दललाई पन्छाउने गरी संवैधानिक परिषदको गणपुरक संख्या घटाउन अध्यादेश
काठमाडौं, वैशाख ८ : सरकारले संवैधानिक परिषद्मा विपक्षी दलको नेता सहभागी नभए पनि निर्णय गर्न सक्नेगरी गणपूरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णय गरेक....

काठमाडौं, वैशाख ८ : सरकारले संवैधानिक परिषद्मा विपक्षी दलको नेता सहभागी नभए पनि निर्णय गर्न सक्नेगरी गणपूरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने सम्वन्धि अध्यादेश पनि जारी गर्ने निर्णय गरेको हो।
संवैधानिक परिषदमा गणपूरक संख्या अध्यक्ष र चार सदस्यको रहने व्यवस्था भएकोमा अब अध्यक्ष र तीन सदस्य उपस्थित हुँदा पनि बैठक बस्ने व्यवस्था गर्न लागिएको छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, विपक्षी दलको नेता, प्रतिनिधि सभाका सभामुख र उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष सदस्य हुन्छन्।
अहिले उपसभामुख पद रिक्त रहेकाले जम्मा सदस्य संख्या ५ छ। यस्तो अवस्थामा अध्यादेशको व्यवस्था अनुसार अब विपक्षी दलका नेताले बैठक बहिस्कार गरे वा उपस्थित भएनन् भने पनि बैठक बस्न सकिने छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा कतिपय पद रिक्त छन्।





-1792762148.jpeg)





