Kathmandu Press

सामाजिक दूरी कायम हुनेगरी बैठक कक्ष तयार पार्न राष्ट्रियसभा सभा अध्यक्षको निर्देशन

काठमाडौं, वैशाख ८ : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद भवनको बैठक कक्षको निरीक्षण गरेका छन्।

उनले सोमबार....

उनले सोमबार संघीय संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निरीक्षण गर्दै सामाजिक दूरी कायम हुनेगरी बैठक कक्ष तयार पार्न निर्देशन दिएका हुन्। 

अध्यक्ष तिमिल्सिनाले बैठक कक्षमा सामाजिक दूरी कामय गर्न तीन कुर्सीको बीचको कुर्सी खाली राखेर सांसदहरुलाई बस्ने व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिएका हुन्। 

उनले बजेट अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नको लागि पूर्ण तयारीमा रहन भन्दै सचिवालयलाई भने, सामाजिक दूरी कायम हुनेगरी बैठक गर्नका लागि प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्