Kathmandu Press

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं, वैशाख ८ : सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानून संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिप....

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं, वैशाख ८ : सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानून संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत बहुमत पुर्‍याएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।

विद्यामान कानूनमा पार्टी विभाजन गर्न केन्द्रीय र संसदीय दल दुवैमा ४० प्रतिशत बहुमत पुर्‍याउनु पर्ने व्यवस्था छ। मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत पु¥याए पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी विद्यामान कानून संशोधन गर्न अध्यादेश ल्याउने निर्णय सुनाएका थिए।

तर, प्रधानमन्त्री ओलीको यस्तो प्रस्तावलाई पूर्वमाओवादीतर्फका ऊर्जामन्त्री वर्षमान पुनले उचित निर्णय नभएको बताएका थिए। अध्यादेश राष्ट्रपति समक्ष सिफारिस सोमबारै गरिएको बालुवाटार स्रोतले जनाएको छ। 
 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्