कोरोना परीक्षणको दायरा समुदाय स्तरसम्म विस्तार गरियोस् : देउवा
काठमाडौं, वैशाख ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस परीक्षणको दायरा समुदाय स्तरसम्म तीव्र रुपले विस्....

काठमाडौं, वैशाख ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस परीक्षणको दायरा समुदाय स्तरसम्म तीव्र रुपले विस्तार गर्न सरकारलाई आग्रह गरेका छन्।
सोमबार विज्ञप्ति जारी गरी सभापति देउवाले कोरोनाको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नु पर्ने बताएका छन्।
देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा जोड दिएका छन्।
‘कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपील गर्दछु,’ देउवाले भनेका छन्।
देउवाले चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपील पनि गरेका छन्। सबैको साथ र सबैको विश्वासले नै कोरोनाको संकटबाट पार पार्न सकिने देउवाको भनाइ छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


