Kathmandu Press

एकलौटी निर्णय गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा

प्युठान, वैशाख ८ : प्युठानको स्वर्गद्वारी नगरपालिका ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा राष्ट्रिय ज....

एकलौटी निर्णय गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा
Hardik ivf

प्युठान, वैशाख ८ : प्युठानको स्वर्गद्वारी नगरपालिका ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन्।

वडाध्यक्ष पदमप्रसाद भट्टराईका अनुसार घर्तीले वैशाख ५ गते राजीनामा दिए पनि तीन दिनसम्म बोलाउँदा सम्पर्कमा नआएपछि आज राजीनामा स्वीकृत गरिएको जानकारी दिए। तत्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट विजयी भट्टराईले वडाका अन्य पदमा जनमोर्चाकै सदस्य भएका कारण  हरेक काममा असहयोग हुने गरेको बताउँदै सदस्य घर्तीले लगाएको आरोप गलत भएको बताए। 

उनले यस्तो विपद्को समयमा पदबाट राजीनामा दिनु गलत भएको बताउँदै केही समस्या भए छलफल गरेर जान सकिने विकल्प हुँदाहुँदै  सम्पर्कमै नआउनु गलत भएको प्रतिक्रिया दिए।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्