Kathmandu Press

विनोध चौधरीको सम्पत्ति घट्यो, विश्वका धनाढ्यको सूचीमा १५१३ औँ स्थानमा

काठमाडौं, वैशाख ८ : नेपालका एक मात्र अर्बपती विनोद चौधरी यस वर्ष पनि फोर्ब्स म्यागेजिनको धनीको सूचीमा सूचिकृत भएका छन्।

सोमबार फोर्ब्सले सार....

विनोध चौधरीको सम्पत्ति घट्यो, विश्वका धनाढ्यको सूचीमा १५१३ औँ स्थानमा

काठमाडौं, वैशाख ८ : नेपालका एक मात्र अर्बपती विनोद चौधरी यस वर्ष पनि फोर्ब्स म्यागेजिनको धनीको सूचीमा सूचिकृत भएका छन्।

सोमबार फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा चौधरी १५१३ औँ स्थानमा झरेका छन्। उनको कुल सम्पत्तिको मूल्य १ अर्ब ४० करोड अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ। 

अघिल्लो वर्षभन्दा चौधरी यस वर्ष धनीहरुको सूचीमा १ सय ७३ स्थान पछाडि धकेलिएका छन्। उनको कुल सम्पत्ति अघिल्लो वर्षभन्दा ३० करोड अमेरिकी डलर घटेको छ। सन् २०१९ मा उनी अर्बपतिको सूचीमा १३४० औँ नम्वरमा थिए। उनको कुल सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर थियो। 

यस वर्ष पनि धनीहरुको पहिलो नम्बरमा अमेजनका मालिक जेफ विजोस पहिलो नम्बरमा परेका छन्। दोस्रो नम्बरमा माइक्रोसफ्टका विल गेट्स र तेस्रो नम्बरमा फेसन टाइकुन बर्नाड आर्नाल्ट सूचीकृत भएका छन्।

प्रकाशित मिति: १४:५० बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्