सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने
काठमाडौं, वैशाख ८ : सरकारले निमार्ण गरेको कोभिड-१९ रोकथाम तथा उपचार कोषको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने भएको छ।
....

काठमाडौं, वैशाख ८ : सरकारले निमार्ण गरेको कोभिड-१९ रोकथाम तथा उपचार कोषको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने भएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले संकटको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा रकम जम्मा नगर्ने निर्णय गरेको हो।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ। प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १४:१९ बजे, सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





