भारतबाट फर्किएका वडाअध्यक्षमा देखियो एन्टीबडी पोजेटिभ
धनुषा, वैशाख ८ : धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएको....

धनुषा, वैशाख ८ : धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।
प्रादेशिक अस्पतालमा आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएपछि उनको स्वाब पीसीआर परीक्षणको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ। प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहका अनुसार उनी मधुमेहको बिरामी हुन्।
वडाअध्यक्ष एक महिना भारत बसेर नेपालमा लकडाउन सुरु भइसकेपछि फर्किएका थिए। भारतबाट फर्किएपछि उनलाई गत चैत २४ गतेदेखि क्वारेन्टाईनमा राखिएको थियो।
प्रकाशित मिति: १४:०३ बजे, सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


