Kathmandu Press

लुकिछिपी नेपाल प्रवेश गरेका १५  भारतीय किशोरको कोेरोना रिपोर्ट नेगेटिभ

महोत्तरी, वैशाख ८ " लकडाउनको समयमा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भा....

लुकिछिपी नेपाल प्रवेश गरेका १५  भारतीय किशोरको कोेरोना रिपोर्ट नेगेटिभ

महोत्तरी, वैशाख ८ " लकडाउनको समयमा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ।

करीब १५ दिनसम्म साथीको घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । भारत, उत्तर प्रदेश राज्यको एक मदरसामा पढ्दै गरेका उनीहरु बहेडा गाउँका एक साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि  साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए।

चैत २२ गते राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाई राखिएको थियो। उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहाले बताए। टेक्निसियन कुशवाहाका अनुसार १३ देखि १८ वर्ष उमेरका ती किशोरको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्