प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गराउन गगन थापाको सुझाव
काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आँखा र कान परीक्षण गराउन उपयुक्त हुने बताएका छन्।
सोमबार ट्वीट ग....

काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आँखा र कान परीक्षण गराउन उपयुक्त हुने बताएका छन्।
सोमबार ट्वीट गर्दै उनले ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज 'कर्कश ध्वनि' ठान्ने हो भने प्रधानमन्त्रीज्यू , आँखा र कान परीक्षण गराउन उपयुक्त होला’, भनेका छन्।
लकडाउनको समयमा दुःख तथा हैरानी खेपेर यात्रा गरेका सर्वसाधारणको फोटो र भिडियो सञ्चार माध्ययमले प्रशारण गरेपछि प्रधानमन्त्रीले उक्त कुरा रहस्यपूर्ण भएको प्रतिक्रियम दिएका थिए । उनले एक अन्तर्वाताको क्रममा श्रमिकहरुले पाएको दुःखबारे भएको चर्चालाई ‘कर्कश’ भनेका थिए।
हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज'कर्कश ध्वनि'ठान्ने हो भने@PM_Nepalज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!
— Gagan Thapa (@thapagk) April 20, 2020





-1792762148.jpeg)





