Kathmandu Press

चन्द्रागिरीका गल्लीगल्लीमा डिसइन्फेकेसन छर्किदै

काठमाडौं, वैशाख ८ : कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौंको चन्द्रागिरी नगरपालिकाले घरको कम्पाउन्ड र गल्लीगल्लीमा पनि डिसइन्फेक्टन्ट छर्किन थाले....

चन्द्रागिरीका गल्लीगल्लीमा डिसइन्फेकेसन छर्किदै

काठमाडौं, वैशाख ८ : कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौंको चन्द्रागिरी नगरपालिकाले घरको कम्पाउन्ड र गल्लीगल्लीमा पनि डिसइन्फेक्टन्ट छर्किन थालेको छ।

आइतबार चन्द्रागिरी नगरपालिका–१५ का वडाध्यक्ष उत्तमबहादुर राउतको नेतृत्वमा १५ जना स्वयंसेवकको समूहले डिसइन्फेक्टन्ट छर्केको छ।

वडावासीको स्वास्थ्य सुरक्षाका लागि डिसइन्फेक्टन्ट छर्किएको वडाध्यक्ष राउतले बताए। ‘वडावासीलाई विश्वव्यापी संकटको रुपमा आइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगाउन सहज होस् भनी यस्तो काम गरेका हौं,’ उनले भने।

चन्द्रागिरी नगरपालिकाले अन्य ठाउँमा पनि डिसइन्फेक्टन्ट छर्किरहेकाे छ।

 

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्