Kathmandu Press

प्रदेश १ मा २३ जना आइसोलेसनमा

विराटनगर, वैशाख ८ : कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं.१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेसनमा छन्। ती सबै स्वास्थ्यकर्मीको निगरान....

प्रदेश १ मा २३ जना आइसोलेसनमा
फाइल

विराटनगर, वैशाख ८ : कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं.१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेसनमा छन्। ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्। 

प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र  आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ। धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ। होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन्। प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन्। रासस

प्रकाशित मिति: ०८:४९ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्