Kathmandu Press

काभ्रेमा कांग्रेसले थाल्यो ‘सदस्यता घर–आँगन’ कार्यक्रम

पार्टी संगठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन्। 
काभ्रेमा कांग्रेसले थाल्यो ‘सदस्यता घर–आँगन’ कार्यक्रम

काभ्रे, मंसिर १३ : नेपाली कांग्रेस काभ्रेले जिल्लामा ‘सयदिने अभियान’सुरु गरेको छ। अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ। 

पार्टी संगठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन्। 

अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ। 

पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियानलाई प्राथमिकता दिइएको हो।

यस्तै, सो क्रममा पालिका–काठमाडौँ सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने छ। 

अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने काभ्रे कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: ११:०२ बजे, बिहीबार, मंसिर १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्