दैलेखमा ३०२ जनाको रिपोर्ट नेगेटिभ
दैलेख, वैशाख ८ : कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
भारत र तेस्रो मुलुकबाट दैले....

दैलेख, वैशाख ८ : कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले बताए। विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी र प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर वलीले बताए।
सङ्क्रमित र ती आएको सवारी साधन सूक्ष्म रूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने कार्यलाई यहाँका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन्। दैलेखमा निर्माण गरिएका ९५० क्वारेन्टाइनमा अहिलेसम्म सात जना मात्र बसेका छन्। रासस








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


