Kathmandu Press

कोरोनालाई जितेका कैलालीका युवालाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडाैं, वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन्।&nb....

कोरोनालाई जितेका कैलालीका युवालाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडाैं, वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन्। 

प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन्। उनले उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिएका छन्।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवकराज विक आइतबार साँझ घर फर्किएका हुन्। यसअघि काठमाडौंमा दुई र बाग्लुङमा एक कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका थिए। हालसम्म नेपालमा ३१ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: ०८:२७ बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्