Kathmandu Press

महानगरले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्सबाट एक सय ५० भन्दा बढीले लिए सेवा

काठमाडौं, वैशाख ७ : लकडाउनको समयमा बिरामी परेका मानिसलाई लैजान र ल्याउन काठमाडौं महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ। निःशुल्क आकस्मि....

महानगरले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्सबाट एक सय ५० भन्दा बढीले लिए सेवा

काठमाडौं, वैशाख ७ : लकडाउनको समयमा बिरामी परेका मानिसलाई लैजान र ल्याउन काठमाडौं महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ। निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजाने–ल्याउने गरेको हो।

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले सेवा सुरु गरेको ६ दिनमै १ सय ५० बढीलाई सेवा दिएको जानकारी दिए। ‘मुख्य गरेर डाइलाइसिस गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सले सेवा दिएका छन्,’ उनले भने, ‘व्यक्तिको संख्या हिसाव गर्दा एक सय ५० जनालाई सेवा दिएका छौं। 
 
सापकोटाले सम्झौताअनुसार कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै भए पनि उपत्यका बाहिरबाट पनि विरामीहरुले सम्पर्क गर्ने गरेको उनले बताए। महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता दिने गरेका छन्। चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उनको भनाई छ। 

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीको सहजताको लागि आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताए। उनले लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको जानकारी दिए। उनले भने, ‘लकडाउनको समयमा विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्पर्क गर्न अनुरोध गरेका छन्। हाल पाँच ओटा एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट सेवा दिइरहेको उनले बताए।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्