Kathmandu Press

स्वास्थ्य मन्त्रालयले भन्यो– डा. पुनलाई स्पष्टिकरण सोधिएको छैन

काठमाडौं, वैशाख ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग स्पष्टिकरण न....

स्वास्थ्य मन्त्रालयले भन्यो– डा. पुनलाई स्पष्टिकरण सोधिएको छैन

काठमाडौं, वैशाख ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग स्पष्टिकरण नसोधिएको स्पष्ट पारेको छ। 

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले वरिष्ठ चिकित्सक डा. पुनलाई स्पष्टिकरण नसोधिएको दाबी गरेका हुन्। सहसचिव विष्टले डा पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधिएको भन्ने समाचार कपोकल्पित र भ्रामक भएको पनि दाबी गरे।

‘डा पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको भन्ने समाचारहरु बाहिर आएका छन्। यी सबै समाचारहरु कपोकल्पिक र भ्रामक हुन्,’ उनले भने,‘सूचना नलिएर समाचार सम्प्रेषण गर्नु खेदजनक छ।’

सहसचिव विष्टले डा. पुनलाई  अस्पतालको काममा बाधा नपुग्ने गरी कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको प्रष्ट पारे। 


 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्