Kathmandu Press

'सरकार कानमा तेल हालेर बसेको छ, आफ्नो भूमिकामा चुक्यो'

काठमाडौं, वैशाख ७ : कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोनभाइरसको नियन्त्रणमा र रोकथाममा सरकारको भूमिका निकै फितलो भएको बताएका छन्। 

न....

'सरकार कानमा तेल हालेर बसेको छ, आफ्नो भूमिकामा चुक्यो'

काठमाडौं, वैशाख ७ : कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोनभाइरसको नियन्त्रणमा र रोकथाममा सरकारको भूमिका निकै फितलो भएको बताएका छन्। 

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवशका अवसरमा भिडियो कन्फ्रेन्समार्फत पूर्व र वर्तमान अध्यक्षहरुसँग छलफल गर्दै देउवाले जति सक्दो धेरैको परीक्षण गरेर कोरनाबाट सुरक्षित हुनेपर्ने बेला सरकार कानमा तेलहालेर बसेको बताएका हुन्। 

‘कोरोनाको यत्रो महामारीमा सरकार कानमा तेल हालेर बसेको छ’, देउवाले भने, ‘जति सक्दो धेरैमा कोरोना परीक्षण गरेर अघि बढ्नुपर्ने बेला सरकारको भूमिका नै देखिएको छैन्।’ कुनै लक्षण नै नदेखिने कोरोना निकै खतरानाक भएको बताउँदै उनले यसको एउटै उपाय धेरै भन्दा धेरै परीक्षण गर्नु भएको बताए। 

परीक्षण गरेपछि कोरोना भएको र नभएको देखिने हुँदा कसलाई के उपचार गर्ने वा आइसोलेसनमा राख्ने भन्ने निर्णय गर्न सकिने बताउँदै उनले यति लामो समयसम्म पनि निकै कमको मात्रै परीक्षण हुनु चिन्ताजनक भएको बताए।

देउवाले कांग्रेस प्रतिपक्षी दल मात्रै नभएर भावी सरकारको नेतृत्वकर्ता पनि भएको बताउँदै सरकारले आवश्यक रोकथामका विधिहरु अपनाउनु पर्ने बताए। ‘परीक्षण बढाएर सामाजिक दुरी कायम गराउन सबै नेविसंघका साथिहरु लाग्नु होला’ उनले भने, ‘त्यसपछि धेरैभन्दा धेरैको परीक्षण गर्न  सरकारलाई दवाव दिनुहोला।’

देउवाले पैदल हिडेर घर गएकाहरुलाई कांग्रेसका साथिहरुले भेटेमा खाना खुवाउने र आवश्यक सहयोगको प्रवन्ध गर्न पनि निर्देशन दिए। ‘लामो दुरी हिडेर जानेहरुलाई सरकारले त हेरेन, हामीले त खुवाउने व्यवस्था गरौं’ देउवाले भने। 

उनले कोरोना निकै डरलाग्दो रुपमा अघि बढेको बताउँदै अहिलेको बेलामा स्कुलहरु खाली गराएर भए पनि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने बताए। 

उक्त भिडियो कन्फ्रेन्समा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, पूर्वअध्यक्षहरु विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाड, एनपी साउद, विश्वप्रकाश शर्मा, रञ्जित कर्ण लगायतको सहभागिता रहेको थिए।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्