Kathmandu Press

कैलालीका युवकले पनि जिते कोरोनालाई, डिस्चार्जको तयारी

धनगढी, वैशाख ७ : कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ। 

कोरोना ....

कैलालीका युवकले पनि जिते कोरोनालाई, डिस्चार्जको तयारी
फाइल

धनगढी, वैशाख ७ : कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ। 

कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको पछिल्ला दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएका हुन‍्। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

भारतको मुम्बईबाट चैत ११ गते घर फर्किएका ती युवकको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गत चैत २२ गते सेती अस्पताल भर्ना भएका थिए। ‘पछिल्ला परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ,’ सेती अस्पतालका डा. जगदिश जोशीले भने,‘कोरोना ठीक भइसकेकाले उनलाई डिस्चार्जको तयारी भइरहेको छ।’

डिस्चार्ज भएपछि ती युवक नेपालमा कोरोनालाई जितेर घर फर्किने चौथो व्यक्ति बन्नेछन्। यसअघि शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी  ६५ वर्षीय मनकुमारी पौडेल कोरोनालाई जितेर घर फर्किएका थिए।

त्यसअघि कोरोनाको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका थिए।

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्