Kathmandu Press

पैसामा थुक्दै बाटोमा छर्दै हिँड्ने महिलामा कोरोना संक्रमण देखिएन

जनकपुरधाम, वैशाख ७ : धनुषाको जनकपुरस्थित महावीर चोकमा पैसामा थुक्दै सडकमा फाल्दै हिँडेका महिलामा कोरोना संक्रमण नभएको पाइएको छ।

पैसामा थुक्द....

पैसामा थुक्दै बाटोमा छर्दै हिँड्ने महिलामा कोरोना संक्रमण देखिएन

जनकपुरधाम, वैशाख ७ : धनुषाको जनकपुरस्थित महावीर चोकमा पैसामा थुक्दै सडकमा फाल्दै हिँडेका महिलामा कोरोना संक्रमण नभएको पाइएको छ।

पैसामा थुक्दै बाटोमा छरेको आरोपमा पक्राउ परेका दुई मध्ये एक महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो।

तर आरटी पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजका आधारमा जनकपुर उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनीहरु साइनोले नन्दभाउजु हुन्। 

प्रहरीले उनीहरुको प्रादेशिक अस्पतालमा गराएको र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्