पैसा फाल्दै हिँडेका महिलामा देखिएन कोरोनाको संक्रमण
काठमाडौं, वैशाख ७ : धनुषाको महावीर चोकमा सडकमा पैसा फाल्दै हिँडेको आरोपमा पक्राउ परेका महिलामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
....
काठमाडौं, वैशाख ७ : धनुषाको महावीर चोकमा सडकमा पैसा फाल्दै हिँडेको आरोपमा पक्राउ परेका महिलामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
शनिबार प्रहरीले पक्राउ गरेर कोरोना परीक्षण गराउँदा दुई महिलामध्ये एक जनाको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको थियो। तर, आइतबार गरिएको पीसीआर विधिबाट गरिएको परीक्षणको रिपोर्टले ती महिलामा कोरोना नेगेटिभ देखाएको हो।
महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजका आधारमा जनकपुर उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।
प्रकाशित मिति: १५:१० बजे, आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





