Kathmandu Press

कोरोनाको जोखिम हुन नदिन मस्जिद अनुगमन

विराटनगर, वैशाख ७ : कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ। महानगरपालिकाका प्रमुख भीम परा....

कोरोनाको जोखिम हुन नदिन मस्जिद अनुगमन

विराटनगर, वैशाख ७ : कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र  समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिए। अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायत सहभागि थिए। 

मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र  आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै  कोरोना भाइरसको जोखिमविरुद्ध लड्न आवश्यक रहेको प्रमुख पराजुलीले बताए। 

Hardik ivf

यहाँस्थित वडा नं १५ मा रहेको रानीमरकज जामे मस्जिदमा अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएका नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए। अनुगमनमा सहभागि कांग्रेसका केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गरे।  

वडाध्यक्ष आलमले अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल  प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गरे। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताए। महानगरपालिका भित्र  १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको बताइएको छ।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्