Kathmandu Press

डिउटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु, वैशाख ७ : सोलुखुम्बुमा सेवामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ।  अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको आइत....

डिउटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
Hardik ivf

सोलुखुम्बु, वैशाख ७ : सोलुखुम्बुमा सेवामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ।  अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लगिएकामा बेहोश हुँदाहुँदै  मृत्यु भएको हो। भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा  दुई छोरा र एक छोरी छन्। अहिले उनको शव घर पठाउने तयारी भइरहेको  प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्