Kathmandu Press

झारफुक गर्न गएका झाँक्रीको घाँटीमा मासु अड्किएर मृत्यु

सल्यान, वैशाख ७ : सल्यानको शारदा नगरपालिकामा ६९ वर्षीय बृद्धको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ। वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु....

झारफुक गर्न गएका झाँक्रीको घाँटीमा मासु अड्किएर मृत्यु

सल्यान, वैशाख ७ : सल्यानको शारदा नगरपालिकामा ६९ वर्षीय बृद्धको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ। वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो।  

शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ। गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्