Kathmandu Press

सङ्क्रमित निको भएकामा प्रधानमन्त्री खुशी, दीर्घायुको कामना

काठमाडौं, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्केकोमा उपचारमा संलग्न ....

सङ्क्रमित निको भएकामा प्रधानमन्त्री खुशी, दीर्घायुको कामना

काठमाडौं, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्केकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना समेत गरेका छ ।

प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कदा पनि खुशी व्यक्त गरेका थिए । (रासस) 

प्रकाशित मिति: ०८:३१ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्