Kathmandu Press

डा. पुनको स्पष्टिकरणप्रति सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना

काठमाडौं, वैशाख ७ :  कोरोनाभाइरसको उपचारमा सक्रिय टेकु अस्पतालका चिकित्सक डा. शेरबहाुदर पुनलाई सरकारले स्पष्टिकरण सोधेकोमा सामाजिक सञ्जालमा सरकार....

डा. पुनको स्पष्टिकरणप्रति सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना

काठमाडौं, वैशाख ७ :  कोरोनाभाइरसको उपचारमा सक्रिय टेकु अस्पतालका चिकित्सक डा. शेरबहाुदर पुनलाई सरकारले स्पष्टिकरण सोधेकोमा सामाजिक सञ्जालमा सरकारको चर्को अलोचना भएको छ ।

नागरिक समाजका अगुवा, चिकित्सक, वकिल लगायत अधिकांशले कोरनोमा अटिएका चिकित्सकको मनोवल कमजोर बनाउने गरी स्पष्टिकरण सोध्नु घृणित कार्य भएको भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा टिप्पणी गरेका छन् ।

ट्वीटरमा अमृत जोशी लेख्छन्, यसरी सचेतना जगाउने र आफ्नो बिशेषज्ञता भएको कुरामा सरकारलाई झकझकाउने डाक्टरलाई नै दोषी करार गर्ने चश्मा फेर्नुपर्छ । सरकार यदि कोरोनासँगको लडाइ जित्नु छ भने । पशुपतिनाथले हाम्रो रक्षा गरुन ।

जोशीले मात्र होइन् सामाजिक सञ्जालमा अन्य थुप्रैले यसरी सरकारको व्यग्य र आलोचना गरेका छन् । 

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्