पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता ढुनंगानाप्रति प्रधानन्यायाधीश राउतले दिए श्रद्धाञ्जली
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर प्रधानन्यायाधीश राउतले ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्।
काठमाडौं, मंसिर २ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुनंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर प्रधानन्यायाधीश राउतले ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो २ बजे ढुंगानाको निधन भएको हो। ढंगाना कलेजोसँग सम्बन्धित समस्याबाट पीडित थिए।
उनी २०४८ देखि २०५१ सालसम्म सभामुख थिए।
प्रकाशित मिति: १७:११ बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार