इजरायली प्रधानमन्त्री नेतन्याहूको घरमा आक्रमण
आगोको गोला नेतन्याहूको घरको आँगनमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।जेरुसेलम, मंसिर २ : इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा अज्ञात समूहले आक्रमण गरेको छ।
अज्ञात समूहले नेतन्याहूको घरलाई लक्षित गर्दै आगोको गोला फ्याँकेका छन्। आगोको गोला नेतन्याहूको घरको आँगनमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
नेतन्याहूको घरमा दोस्रो पटक आक्रमण भएको छ। यसअघि गत अक्टोबरमा पनि हिजबुल्लाहले उनको घरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो।
आक्रमणबाट कुनै क्षति भने नपुगेको बताइएको छ। हमलाको बेलामा नेतन्याहू र उनको परिवार घरमा नभएको बताइएको छ।
घटनापछि इजरायली रक्षा मन्त्री काट्जले आक्रमणकारीले हद पार गरेको भन्दै सुरक्षा निकायहरूलाई तत्काल अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन्।
प्रकाशित मिति: ११:५० बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कास्की र मनाङको सीमानामा भूकम्पबिहीबार, मंसिर ६, २०८१
‘सडक सुधार परियोजना समयमै सम्पन्न गर्नु पर्दछ’बिहीबार, मंसिर ६, २०८१
मन्त्री हेरफेर हुँदैन, डेढ वर्षपछि देउवा प्रधानमन्त्री : गृहमन्त्री लेखकबिहीबार, मंसिर ६, २०८१
बीपी राजमार्ग मर्मतका लागि राति ७ घण्टा बन्द हुनेबिहीबार, मंसिर ६, २०८१