Kathmandu Press

राप्रपाले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार 

उपनिर्वाचन हुने सम्बन्धित वडा र गाउँ तथा नगर कमिटीबाट आएका सिफारिसलाई केन्द्रीय निर्वाचन समितिले टुंगो लगाएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 
राप्रपाले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार 

काठमाडौं, २८ कात्तिक : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार टुंगो लगाएको छ। 

उपनिर्वाचन हुने सम्बन्धित वडा र गाउँ तथा नगर कमिटीबाट आएका सिफारिसलाई केन्द्रीय निर्वाचन समितिले टुंगो लगाएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

अधिकांश स्थानका उम्मेदवार टुंगो लागेतापनी केही स्थानको सिफारिस प्राप्त हुन बाँकी भएको र प्राप्त भएलगत्तै टुंगो लगाउने श्रेष्ठले जानकारी दिए। 

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउने गरी निर्वाचन आयोगले कार्यतालिका रहेको छ । राप्रपाले उपनिर्वाचन हुन लागेको सबै सिटमा उम्मेदवारी दिने जनाएको छ ।

कोशी प्रदेश अन्तरगत झापाको कन्काइ नगरपालिका ६ मा नारायण प्रसाद निरौला, सुनसरीको गढी गाउँपालिका ६ मा कबिता कुमारी उराब, तेह्रथुमको लालीगुरास नगरपालिका ८ मा रत्न बहादुर श्रीपाली र ओखलढुंगा मोलुङ गाउँपालिका ५ मा चन्द्रमणी दाहाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। 

त्यस्तै मधेस अन्तरगत सप्तरीको डाक्नेश्वर नगरपालिका १मा सतिस कुमार चौधरी र  डाक्नेश्वर नगरपालिका ४ मा राम कुमार यादबलाई उम्मेद्वार बनाउने भएको छ भने बागमती प्रदेश अन्तरगत दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदका लागी मन कुमारी श्रेष्ठ, काठमाडाैंको कीर्तिपुर नगरपालिका प्रमुखमा ध्रुव महर्जन, कीर्तिपुर नगरपालिका १ मा सुरेन्द्र उप्रेती, कीर्तिपुर नगरपालिका ४ मा बिजेश बस्नेत र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ मा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश गुल्मी जिल्लाको मुसीकोट गाउँपालिका १मा इश्वरी खाती, रोल्पा रुन्तीगडी गाउँपालिका ४मा  पहल बहादुर वली, कपीलबस्तुको शुद्धोधन १ मा इम्तीयाज अहमद र कर्णाली प्रदेशको कालीकोट तिलागुफा नगरपालिकामा ४ जुद्ध बहादुर शाही बाजुरा स्वामीकार्तीक खापर गाउँपालिका उपाध्यक्षमा सुना देवी थापा(भोटे) पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्