निर्मला पन्त प्रकरणको प्रत्यक्षतर्शी दावी गर्ने अर्याल पक्राउ
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रत्यक्षदर्शी दावी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ
काठमाडौं, कात्तिक २८ : कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रत्यक्षदर्शी दावी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो।
सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषी धमलालाई पनि सोधपुछ गरिएको सिआइबीका सुचना अधिकारी होबिन्द्र बोगटीले जानकारी दिए।
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्र्तवार्तामा दिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १५:२९ बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












