Kathmandu Press

‘सहकारीको विकल्प छैन, बिग्रिएकालाई सुधार गरौं’

उनले सहकारी ऐेनको कार्यान्वयनको विषयलाई निष्कर्षमा पुर्‍याउने र जुन पाटोबाट भएपनि संस्थाहरुलाई सक्रिय बनाउने दाबी पनि गरे।
‘सहकारीको विकल्प छैन, बिग्रिएकालाई सुधार गरौं’

काठमाडौं, कात्तिक २८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन्  

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्या सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा सहकारीको विकल्प नभएको भन्दै त्यसको लागि सबै मिलेर विग्रिएका संस्थालाई सुधार गर्नुपर्ने बता । 

Hardik ivf

‘यो विषयहरु हामी बाडिएर होईन्, एकजुट भएर गर्ने हो । समस्या आएपछि भाग्न हुँदैन। सबै संस्थामा नभइ केही संस्थामा मात्र समस्या हो भनेर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ,’ उलने भने, ‘त्यसपछि मात्र संस्थाहरु राम्रो तरिकाले चल्न सक्छ। अहिलेको अवस्थामा हामीसँग सहकारीको विकल्प छैन। विकल्प भनेको विग्रिएकालाई सुधार गर्ने हो।’

उनले सहकारी ऐेनको कार्यान्वयनको विषयलाई निष्कर्षमा पुर्‍याउने र जुन पाटोबाट भएपनि संस्थाहरुलाई सक्रिय बनाउने दाबी पनि गरे।

‘कानून परिमार्जन, संस्थागत प्रवन्ध र कानून कार्यान्वयनलाई पनि सरकारले सँगै अगाडि लगेको छ । छिटो भन्दा छिटो यसलाई निष्कर्षमा पु¥याउँछौ र जुन पाटोबाट भएपनि यी संस्थाहरुलाई सक्रिय बनाउँछौ,’ उनले भने, ‘मैले मन्त्रालयको सचिवको हैसियतले समितिमा यति कुरा भन्नैपर्छ । जसरी भएपनि छलफलमा गएर टुङ्गोमा पुग्छौं। त्यसको लागि भइरहेका संस्थालाई थप कानून परिमार्जन गरेर उनीहरुलाई नै कार्य जिम्मेवारी दिन पनि सक्छौं।’

सहकारी कर्जा असुली न्यायाधिकरण नयाँ बनाउने कि अहिले भइरहेको कर्जा असुली न्यायाधिकरणलाई सुधार गरेर जाने भन्ने कुरामा पनि निष्कर्षमा पुग्ने र कार्यान्वयनमा पु¥याउने पनि उनको भनाई छ। 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्