मन्त्रीलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइयो
मंगलबार बागमती प्रदेश मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको छ।मकवानपुर, कात्तिक २७ : बागमती प्रदेशमा मन्त्रीका लागि भाग पुर्याउन मन्त्रालय फुटाइएको छ।
विना विभागिय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालयको विभाजन गरिएको हो। मंगलबार बागमती प्रदेश मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको छ।
मन्त्रीको जिम्मेवारी दिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ । गत साउन ९ गते विना विभागिय मन्त्रीका रुपमा सपथ खाएका श्रेष्ठले बल्ल विभागीय मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
गरिबी निवारण तथा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट झिकेर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको हो।
प्रकाशित मिति: १४:११ बजे, मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५ वर्षपछि टीकापुर विमानस्थल सञ्चालन हुँदै: कुन-कुन एयरलाइन्सले गर्दैछ उडान, कति लाग्छ भाडा?शुक्रबार, मंसिर २८, २०८१
तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ: गृहमन्त्रीबिहीबार, मंसिर २७, २०८१
वीरगञ्जबाट डिजेल आयात घट्योबिहीबार, मंसिर २७, २०८१
कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्युबुधबार, मंसिर २६, २०८१