Kathmandu Press

गोरखा कांग्रेसका नेता एवम् पर्यटन व्यवसायी वाग्लेको निधन

वाग्लेलाई कलेजोको समस्या देखिएपछि गत कात्तिक १९ गते ह्याम्स अस्पताल लगिएको थियो। 
गोरखा कांग्रेसका नेता एवम् पर्यटन व्यवसायी वाग्लेको निधन

काठमाडौं, कात्तिक २६ः गोरखा कांग्रेसका नेता एवम् पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ।

वाग्लेको ५५ बर्षको उमेरमा आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो। वाग्ले नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका पूर्व महासचिवसमेत हुन्। वाग्लेलाई कलेजोको समस्या देखिएपछि गत कात्तिक १९ गते ह्याम्स अस्पताल लगिएको थियो। 

उपचारका क्रममा निधन भएको हो। उनी नेपाली कांग्रेसका पूर्वउपसभापति चिरञ्जिवी वाग्लेका छोरा हुन्। नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेले काठमाडौंको ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए।

वाग्लेको शवमा अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका दलका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, शंकर भण्डारी, सांसद राजेन्द्र बजगाई, कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने लगायत पशुपति पुगेका थिए। 

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले वाग्लेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा वाग्लेले सक्रिय भूमिका निर्वाह गरेको स्मरण समेत गरेका छन्। 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, कात्तिक २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्