नेप्से परिसूचक ६२ अंकले बढ्दा करिब १० अर्बको कारोबार
आज नेप्से परिसूचक ६२.५४ अंकको वृद्धिपछि दुई हजार ७३८.०६ को अंकमा कायम भएको हो।काठमाडौं, कात्तिक २५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब १० अर्ब बराबरको कारोबार भएको छ।
आज नेप्से परिसूचक ६२.५४ अंकको वृद्धिपछि दुई हजार ७३८.०६ को अंकमा कायम भएको हो।
३२५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर एक लाख ६५१ पटक खरिदबिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ।
आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ।
किङ १.६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ।
जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फण्ड ०.६२, निर्जीवन बिमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रु ३८ करोड चार लाख ३७ हजारको शेयर किनबेच भएको छ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर शेयर १० लाख ४७ हजार ३५ कित्ता शेयर किनबेच भएको छ।