Kathmandu Press

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु

गम्भीर घाइते ७ जनालाई हेलिकप्टरबाट उद्धार
कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु

कालीकोट, कात्तिक २५ । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको  छ।

घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए।

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, कात्तिक २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्