सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई पनि अदालतमा हाजिर गराइयो
मेयर नेपालीले बागलुङ र पोखराका गरी इमेज सहकारीको करिव दुई अर्ब रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरी अनुसन्धानका लागि नेपालीलाई शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो ।
काठमाडौं, कात्तिक २५ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आइतबार कास्की जिल्ला अदालतमा हाजिर गराइएको छ ।
मेयर नेपालीले बागलुङ र पोखराका गरी इमेज सहकारीको करिव दुई अर्ब रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरी अनुसन्धानका लागि नेपालीलाई शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो ।
थुनामा राखेर अनुसन्धानको अनुमतीका लागि नेपालीलाई अदालत लगिएको हो । नेपालीले बागलुङ र कास्कीका बचतकर्ताको रकम ठगी गरेको आरोप छ । पोखराक बचतकर्ताको उजुरीमा छानविनका लागि नेपालीलाई पोखरा ल्याइएको हो ।
प्रकाशित मिति: १३:२६ बजे, आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार