लामिछानेसहित चारजनालाई अदालतमा उपस्थित गराइयो
लामिछानेलाई प्रहरीले चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । गत कात्तिक २ गते लामिछाने काठमाडौंस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।काठमाडौं, कात्तिक २५ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृह मन्त्री रवि लामिछानेलाई आइतबार काश्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
लामिछानेलाई प्रहरीले चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । गत कात्तिक २ गते लामिछाने काठमाडौंस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ परेका थिए । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
लामिछाने गोर्खा मिडियामा पूर्वप्रबन्ध निर्देशक रहेका बेला सूर्यदर्शन सहकारीको रकम दुरुपयोग गरेको आरोप छ । प्रहरीले लामिछानेसँगै सहकारी ठगी प्रकरणमा प्रहरी थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र लिला पछाईंलाई पनि जिल्ला अदालत काश्कीमा उपस्थित गराइएको छ ।
प्रकाशित मिति: १३:१४ बजे, आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१